करणीको मुद्धा झेलेका मल्लको अनुसन्धान अन्तिम चरणमा

पाेखरा | असार १६, २०७९

करणीको मुद्धा झेलेका मल्लको अनुसन्धान अन्तिम चरणमा

 

पोखरा :    जबरजस्ती करणी उद्योगको मुद्धा झेलीरहेका श्याम मल्लको अनुसन्धान अन्तिम चरणमा पुगेको कास्की प्रहरीले बताएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार केही दिनमै अनुसन्धान सकिने छ । ‘त्यो केसको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘अनुसन्धान सकिएलगत्तै आवश्यक प्रमाण सहित मल्ललाई वकिल कार्यालय हुदै अदालतमा पेश हुन्छ । र मुद्धाको छिनोफानो हुन्छ ।’

 

पोखरा महानगरपालिका ८ स्थित मल्ल फर्निचरका सञ्चालक मल्लले एक किशोरीलाई करणीको प्रयास गरेको आरोपमा प्रकाउ परेका थिए । 

 

पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणीको प्रयास गरेको आरोपमा प्रकाउ गरेको थियो । 

 

स्रोतका अनुसार थुनामा रहेका मल्लले गत कार्तिक फिल्ममा खेलाउने भन्दै किशोरीलाई होटलमा लगेर करणी प्रयास गरेका थिए । त्यसपछि मल्लले किशोरीलाई सामाजिक सञ्जालमा एसएमएस गर्ने र फोनमार्फत प्रलोभन देखाउँदै आएको बताइएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्